Comments Add Comment

बोको हरामका नेताको मृत्यु भएको आइएसको दाबी

२४ जेठ, काठमाडौं । नाइजेरियाको चरमपन्थी संगठन बोको हरामका नेता अबुबाकर सेकाउले आत्महत्या गरेको अर्को चरमपन्थी संगठन इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आईएसवाप)ले बताएको छ ।

आईएसवापले अडियो रेकर्डिङमार्फत उनले बम विष्फोट गराएर आत्महत्या गरेको दाबी गरेको हो । उक्त अडियो रेकर्डिङमा आईएसवापले आफ्नो संगठनसँगको युद्धको क्रममा उनलाई नियन्त्रणमा लिइएपछि उनले आत्महत्याको विकल्प रोजेको उक्त रेकर्डिङमा आईएसवापका नेता अबु मुसाब अल बर्नावीले सेकाउको मृत्यु भएको बताएका छन् ।

उक्त अडियो रेकर्डिङमा उल्लेख गरिए अनुसार मे १८ मा सेकाउको मृत्यु भएको थियो । यद्यपि, यसअघि पनि सेकाउको मृत्युको समाचार आएको थियो । तर, पछि उनी पुनःसार्वजनिक हुने गरेका थिए ।

गत महिना सेकाउको मृत्यु भएको समाचार आएसँगै नाइजेरियाको सेनाले हाल उक्त विषयमा अनुसन्धान भइरहेको बताएको थियो । यद्यपि नाइजेरियाको सेना र बोको हरामले भने यो समाचारको पुष्टि गरेको छैन।

सेकाउले सन् २००९ देखि बोको हरामको नेतृत्व गर्दै आएका थिए । यो क्रममा ३० हजारभन्दा धेरैको मृत्यु भएको छ भने २० लाखभन्दा धेरै विस्थापित भइसकेका छन् ।

आईएसवाप पनि यसअघि बोको हरामको एक भाग थियो तर पाँच वर्षअघि आफ्नो बोको हरामका नेताहरुबीच देखिएको विवादको कारण यो संगठन छुट्टिएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment