Comments Add Comment

‘सीता’ बन्न करिनाले मागिन् १२ करोड

नायिका करिना कपुरको करिअर अझै पनि उचाइमा छन् । दुई सन्तानकी आमा करिनाको माग बलिउड बजारमा उस्तै छ । आज पनि उनी निर्माताको पहिलो रोजाइको नायिका हुन् ।

उनै, करिनाले आफ्नो करिअरमा थुप्र्रै ब्लकबस्टर चलचित्र दिएकी छिन् । दोश्रो सन्तानलाई जन्म दिएपछि करिना अब ‘विरे दि विडिङ’ र हन्सल मेहत्ताको चलचित्रमा काम गर्ने तयारीमा छिन् । यसैविच, उनलाई चलचित्र ‘सीता’बाट पनि अफर आएको छ ।

यो चलचित्रका लागि करिनाले ८ देखि १० महिनाको समय दिनुपर्नेछ । ‘रामायण’की सीताको जीवनसँग प्रभावित उनको यो भूमिका उनका लागि विशेष छ । यसैले पनि करिना यो चलचित्रको कथा पढेपछि उत्साहित छिन् ।

तर, यो चलचित्रका लागि करिनाले महंगो रकम मागेकी छिन् । करिनाले प्राय चलचित्रका लागि ६ देखि ८ करोड रुपैयाँ पारिश्रमिक माग्दै आएकी थिइन् । उनै, करिनाले यो चलचित्रका लागि भने १२ करोड पारिश्रमिक मागेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

करिनाले महंगो पारिश्रमिक मागेपछि निर्माणपक्ष दोधारमा परेको छ । उनीहरु, यो भूमिकाका लागि अन्य नायिकासँग पनि कुराकानी गरिरहेका छन् । तर, उनीहरुको पहिलो रोजाइमा भने करिना नै रहेको भारतीय मिडियामा उल्लेख छ । तर, करिनाले आफ्नो पारिश्रमिक महंगो बताएपछि निर्मातालाई केही समस्या परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment