+
+
Shares

कोरोना संक्रमण घटेसँगै कोहलपुर शिक्षण अस्पतालमा ओपीडी सेवा सुचारु

रासस रासस
२०७८ जेठ २४ गते १३:४९

२४ जेठ, नेपालगञ्ज । कोरोना भाइरस संक्रमितको उपचार हुँदै आएको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले बहिरंग सेवा (ओपीडी) सुचारु गरेको छ ।

यसअघि कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएपछि अस्पतालले ओपीडी सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा मात्रै सञ्चालन गर्दै आएको थियो । कोरोना भाइरस संक्रमण घटेसँगै  आइतबारदेखि अस्पतालको ओपीडी सेवा सञ्चालन गरिएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनौडियाले जानकारी दिए ।

उनका अनुसार कोरोनाका बिरामी आउन कम भएपछि पहिले झैं नियमित रुपमा ओपीडीलगायत सेवा शुरु भएको हो । अब अस्पतालले कोरोना भाइरस संक्रमित र अन्य दुवैको उपचार सेवा नियमित गर्नेछ ।

कोरोना उपचार केन्द्रका रुपमा रहेको नेपालगञ्जस्थित भेरी अस्पतालको ओपीडी सेवा भने अझै सञ्चालन हुन सकेको छैन । बाँके जिल्लामा कोरोना सङ्क्रमण दर घटेको जस्तो देखिए पनि छिमेकी जिल्लाहरुबाट रेफर भएर आउने बिरामीको चाप घट्न नसकेकाले जोखिम कायमै रहेको अस्पतालका कोभिड स्रोत व्यक्ति डा. संकेत रिसालले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?