Comments Add Comment

एनसीबीसामु रियाको बयान–‘साराले मलाई ड्रग्स अफर गरेकी थिइन्’

बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएको एक बर्ष हुन लागेको छ । तर, उनको निधनको कारण भने अझै स्पष्ट रुपमा खुलेको छैन । यसबिषयमा अझै पनि छानबिन जारी नै छ । तर, सुशान्तको निधनपछि यो घटना ड्रग्ससँग जोडिएको थियो ।

सो समयमा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले नारकोटिक्स कन्ट्रोल ब्यूरोसँग बयान दिएकी थिइन् । सो समयमा उनले बलिउडका केही नायिकाको समेत नाम लिएको चर्चा भएको थियो । एनसीबीले नायिका दीपिका पादुकोण, राकुल प्रित सिंह, सारा अली खान लगायतसँग सोधपुछ पनि गरेको थियो ।

यसैविच, यतिबेला भारतीय मिडिया तथा सामाजिक संजालमा रियाले दिएको बयान सार्वजनिक भएको छ । जसमा, उनले नायिका साराअली खानले ड्रग्स सेवन गर्ने गरेको बयान दिएकी छिन् ।

रियाको यो बयानलाई एनसीबीले आफ्नो चार्जसीटमा समेत समावेश गरेको छ । रियाले दिएको बयानमा उनले सारासँग ड्रग्सको बिषयमा कुराकानी हुने गरेको उल्लेख गरेकी छिन् । रियाले बयानमा भनेकी छिन्–‘हामीविच ड्रग्सको बिषयमा कुराकानी हुने गरेको थियो । साराले मसँग ह्याङओभर हुने उपाय बताउने गरेकी थिइन् । उनी आइसक्रिम र गाँजाको बिषयमा कुरा गर्थिन् र आफू सेवन पनि गर्थिन् । पीडाबाट छुटकारा पाउनका लागि गाँजाको अफर मलाई पनि गरेकी थिइन् । हामीविचमा म्यासेजमा मात्र कुरा भएको थियो । सारा रोल्ड डुबिज सेवन गर्थिन् । डुबिज गाँजाकै एक प्रकार हो । कुनै समय मैले पनि सारासँग रोल्ड डुबिज लिएकी थिएँ ।’

रियाले साराले घरमा भोड्का र मेरुआना ल्याउनका लागि अफर दिएको पनि उल्लेख गरेकी छिन् ।

यस्तै, नायिका साराअली खानले एनसीबीलाई दिएको बयानमा सन् २०१८ मा आफू सुशान्तसँग प्रेम सम्बन्धमा रहेको उल्लेख गरेकी थिइन् । चलचित्र ‘केदारनाथ’को छायांकनका क्रममा आफू सुशान्तसँग प्रेम सम्बन्धमा रहेको र उनीसँग उनको केप्री हाउसमा ५ दिन समय बिताएको पनि उल्लेख गरेकी छिन् ।

साराले सुशान्तसँग ५ दिन थाइल्याण्ड पुगेको पनि बताएकी छिन् । साराले चलचित्र ‘केदारनाथ’को छायांकनका क्रममा सुशान्तले ड्रग्स सेवन गरेपनि आफूले पनि यसको सेवन नगरेको बयान दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment