+
+
Shares

चीनसँग जोडिएको पालिकामा १८ वर्ष माथिकाले नै चिनियाँ खोप पाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २४ गते १५:२४

२४ जेठ, काठमाडौं । चीनसँग सीमा जोडिएको स्थानीय तहको १८ वर्षमाथिका नागरिकले कोरोना भाइरस विरुद्धको चिनियाँ खोप पाउने भएका छन् ।

सरकारले काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूह र उपत्यकाबाहिर ६२ देखि ६४ वर्षका नागरिकलाई दिन लागेको भेरोसेल खोप चीनसँग सीमा जोडिएको स्थानीय तहमा भने १८ वर्षभन्दा माथिका सबै नागरिकलाई दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभागले सोमबार सातै प्रदेशका स्वास्थ्य सेवा निर्देशनालय र आपूर्ति कार्यालयको नाममा परिपत्र गर्दै भनेको छ, ‘तिब्बतसँग सिमाना जोडिएको जिल्लाका पालिकाहरुमा यसअघि खोप लगाउन बाँकी १८ वर्षमाथिका सबै नागरिकलाई पहिलो मात्रा खोप दिने ।’

त्यस्तै हिमाली जिल्लामा भने ५५ देखि ५९ वर्षसम्मका नागरिकले पहिलो डोज खोप पाउनेछन् । हिमालीबाहेक अरु जिल्लामा भने ६२ देखि ६४ वर्ष उमेर समूहलाई प्राथमिकता दिएर खोप दिन भनिएको छ ।

सबै जिल्लामा ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप दिने भनिए पनि पर्याप्त खोप नभएकाले माथिल्लो उमेरका ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन आग्रह गरिएको विभागले जनाएको छ ।

विभागले जारी गरेको परिपत्रमा ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप उपलब्ध गराएर त्यसपछि पर्याप्तताको आधारमा ६० र ६१ वर्षका नागरिकलाई प्राथमिकता दिन भनिएको छ ।

काठमाडौं उपत्यकामा भने ६० देखि ६४ वर्षका नागरिकले मंगलबारदेखि नै चिनियाँ खोप पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?