Comments Add Comment

गरीब मुलुकलाई कोरोना खोप सहयोग गर्न जी७ लाई आग्रह

२४ जेठ, काठमाडौं । विभिन्न मुलुकका २३० विशिष्ट नेताहरुले सात धनी मुलुकको संगठन (जी७) लाई गरीब मुलुकमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको लागि सहयोग गर्न आग्रह गरेका छन् ।

उनीहरुले अबको दुई वर्षमा गरीब मुलुकलाई कोरोना खोप पुर्‍याउन आवश्यक पर्ने ६६ अर्ब डलरको दुई तिहाइ रकम सहयोगको लागि आग्रह गरेका छन् ।

जी७ का मुलुकको सम्मेलन हुनुभन्दा अघि नेताहरुले यस्तो आग्रहसहितको पत्र बुझाएका हुन् । उनीहरुले बेलायत, अमेरिका, फ्रान्स, जर्मनी, इटाली, जापान र क्यानडा सामेल यो संगठनले विश्वव्यापी साझेदारीमा सन् २०२१ लाई महत्वपूर्ण बनाउनुपर्ने उल्लेख गरेका छन् ।

अफ्रिकाको सब-सहारा क्षेत्रका दुई प्रतिशतभन्दा कम मानिसले मात्र कोरोनाको खोप पाएका छन् । जबकी बेलायतले भने आफ्ना ७० प्रतिशत नागरिकलाई कम्तीमा एक डोज खोप दिइसकेको छ ।

जी७ लाई बुझाइएको पत्रमा हस्ताक्षर गर्नेमा दुईजना बेलायती पूर्व प्रधानमन्त्रीहरु गोर्डन ब्रोन र टोनी ब्लायर पनि छन् । त्यस्तै उक्त सूचीमा राष्ट्रसंघका पूर्व महासचिव बान कि मुन, आयरल्याण्डका पूर्व राष्ट्रपति मेरी रोबिनसन, यसअघि अफ्रिकाका विभिन्न मुलुकको नेतृत्व गरेका १५ नेताहरु पनि सामेल छन् ।

उनीहरु सबैले अहिले कोरोनाको विभिन्न भेरियन्ट फैलिरहेकाले पनि कम आय भएका मुलुकलाई छिटोभन्दा छिटो कोरोना खोप उपलब्ध गराउन सहयोग गर्न आग्रह गरेका हुन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment