+
+
Shares

प्रधानमन्त्री ओली सच्चिंदैनन्, जनबलबाट परास्त गर्नुपर्छ : डा. भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २४ गते १६:५६

२४ जेठ, गोरखा । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनबलबाट परास्त गर्नुपर्ने बताएका छन् । ओलीको तानाशाही प्रवृत्तिले देश अध्याँरो सुरुङतर्फ धकेलिंदै गएको भन्दै उनले ओली सच्चिने अवस्था नरहेकाले जनबलबाटै परास्त गर्नुपर्ने बताए ।

सोमबार गृहजिल्ला गोरखा आएका भट्टराईले पत्रकारहरुसँग कुरा गर्दै आफूले मध्यमार्गी बाटो अपनाउँदै राष्ट्रिय सहमतिको सरकार बनाउन आग्रह गर्दा ओलीले बेवास्ता गरेको बताए । ‘केही समय अघि म आफैंले उहाँलाई भेटेर राष्ट्रिय सहमतिको सरकार बनाउँ, संविधान संशोधन, मधेशी थरुहट लगायतका मुद्दामा सहमति बनाएर जाउँ भने तर उनले टेरपुच्छर लगाएनन्,’ उनले भने ।

देशी विदेशी प्रतिगमनकारी तत्वहरुसँग मिलेर ओलीले देशलाई गम्भीर संकटतर्फ धकेल्ने प्रयत्न गरिरहेको भट्टराईले आरोप लगाए । बाहिर नक्कली राष्ट्रवादको कुरा गरेर भ्रम छरेपनि बाह्य शक्तिसँगको साँठगाँठमा प्रधानमन्त्री ओली गणतन्त्र परास्त गर्ने खेलमा लागेको उनको आरोप छ ।

‘प्रतिगमनकारी तत्वहरुले अध्याँरो कोठाभित्र बसेर जुन तानामाना बुनेका छन्, पूरै सेटिङमा राज्यको सबै अंग कब्जा गरी ध्वंस गर्ने योजना सफल पार्ने जुन सपना देखेका छन्, हामी सबै पार्टी मिलेर त्यसको प्रतिवाद गर्नुपर्छ,’ उनले भने । अहिले सतहमा देखिएकाभन्दा भित्री कुराहरु बढी गम्भीर रहेको भन्दै भट्टराईले पाँच दल मिलेर त्यसको प्रतिवाद गर्नुपर्ने धारणा राखे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?