Comments Add Comment

खोप लगाउन जानेलाई काठमाडौं महानगरले यसपटक चिया बिस्कुट नदिने

२५ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले खोप लगाउन जाने ज्येष्ठ नागरिकलाई चिया बिस्कुट नदिने भएको छ । अघिल्लो खोप अभियानमा चिया बिस्कुट र आराम गर्ने व्यवस्था समेत गरेको महानगरले संक्रमण फैलिने डरले यस पटक भने चिया बिस्कुट नदिने निर्णय गरेको महानगरकी उपमेयर हरिप्रभा खड्गीले जानकारी दिइन् । उनले खोप लगाउनेलाई खोप केन्द्रमा आधा घण्टासम्म आराम गर्ने ठाउँको व्यवस्था भने गरिएको जानकारी दिइन् ।

त्यस्तै, महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले यस अघिको खोप अभियानमा चिया बिस्कुटको व्यवस्था गरेको भए पनि संक्रमणको जोखिम बढ्न सक्ने भएकोले यस पटक यो सुविधा कटौती गरिएको जानकारी दिए । उनले यसपटक आराम गर्ने सुविधा मात्रै दिइने स्पष्ट पारे ।

मं‌गलबारदेखि सुरु हुने चिनियाँ खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटा केन्द्र तोकेको छ । महानगरपालिकाले मंगलबारदेखि ५ दिनसम्म चल्ने खोप अभियानका लागि हरेक वडामा एक–एक वटा केन्द्र तोकेको हो ।

महानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहकालाई मात्रै खोप दिइनेछ । २९ गतेसम्म चल्ने खोप अभियानमा हरेक दिन फरक फरक उमेर समूहका व्यक्तिलाई खोप दिइने महानगरपालिकाले जनाएको छ ।

जसअन्तर्गत् २६ गते ६३ वर्षका, २७ गते ६२ वर्षका, २८ गते ६१ वर्षका र अन्तिम दिन अर्थात् २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउने तयारी गरिएको महानगरपालिकाका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।

यो पनि पढ्नुहोस काठमाडौंमा चिनियाँ खोपको पहिलो डोज लगाउने केन्द्र तोकियो (सूचीसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment