+
+

अदितीको नजरमा बिहेका लागि यूवकमा हुनुपर्छ यी ३ गुण

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २५ गते १३:४४

नायिका अदिती वुढाथोकी चलचित्रका कारण भन्दा पनि सामाजिक संजाल इन्स्टाग्रामका कारण बढी चर्चामा रहन्छिन् । दैनिकजसो, सामाजिक संजालमा आफ्नो बोल्ड फोटो पोष्ट गर्दै आएकी अदितीलाई मन पराउनेहरुको संख्या ११ लाख भन्दा धेरै छ । यसैले, पनि अदिती आफ्ना फ्यानहरुसँग इन्स्टामा कुराकानी गर्न मन पराउँछिन् ।

नेपालमा चलचित्र र भारतमा मोडलिङ गर्दै आएकी अदितीलाई उनका फ्यानले बिहेको बिषयमा पनि प्रश्न राख्ने गरेका छन् । अदितीले फ्यानसँग साक्षात्कार गर्दै गर्दा उनका केही फ्यानले उनको बिहे योजनाका बिषयमा पनि सोधेका थिए ।

एक फ्यानले तपाइ बिहेका लागि यूवकका ३ गुण के होस् भन्ने चाहनुहुन्छ भनेर सोधेका छन् । जसमा अदितीले लेखेकी छिन्–‘मलाई नम्र, वफदार र मिहिनेती मान्छे मनपर्छ । साथमा, एक अर्कासँग जोडिन पनि निकै आवश्यक छ ।’

अदितीले बिहेका लागि यूवक र यूवतीविच बलियो प्रकारको सम्बन्ध जोडिन आवश्यक रहेको पनि बताएकी छिन् । तर, अदितीले बिहेका लागि आफूले हतार नगर्ने पनि उल्लेख गरेकी छिन् । उनले करिअर र प्रेममा आफूले करिअरलाई नै प्रेम गर्ने उल्लेख गरेकी छिन् । अदिती दोश्रो चलचित्र ‘बाबरी’को छायांकनका लागि केही समयदेखि नेपालमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?