Comments Add Comment

कोभिड अस्पतालको शुल्क अनुगमन गर्न वाणिज्यलाई निर्देशन

२५ जेठ, काठमाडौं । कोरोना उपचारमा तोकिए भन्दा बढी शुल्क लिएको बारे अनुगमन गरेर कारबाही गर्न स्वास्थ्य मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ ।

मंगलबारको मन्त्रीस्तरीय निर्णयबाट अस्पतालहरुले कोभिड बिरामीसंग लिईरहेको उपचार शुल्कबारे अनुमगन गर्न वाणिज्यलाई आग्रह गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले वाणिज्यलाई पठाएको पत्रमा उल्लेख छ ।

सामान्य अवस्थाका कोभिड बिरामीका लागि दैनिक तीन हजार पाँच सय, मध्यमका लागि सात हजार र गम्भीरका १५ हजार रुपैयाँ सरकारको तोकेको र यदी बिरामीले आफैले उपचार खर्च व्यहोर्ने हो भने तोकिएको शुल्कमा अस्पतालले अधिकतम् ५० प्रतिशत मात्रै शुल्क थप गर्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साथै सबै सरकारी अस्पताल र स्वास्थ्य मन्त्रालयसँग सेवा सम्झौता गरी सेवा प्रदान गर्न सूची सार्वजनिक भएका अस्पतालको अनुगमन गर्न पनि स्वास्थ्य मन्त्रालयले वाणिज्यलाई भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment