Comments Add Comment

संवैधानिक इजलासको पेशी तोकियो

२६ जेठ, काठमाडौं । संसद विघटन सम्बन्धी मुद्दामा सुनुवाइ गर्न गठित संवैधानिक इजलासको आज पेशी तोकिएको छ । दुई न्यायाधीशमाथि सरकारी पक्षले प्रश्न उठाएपछि आइतबार विषयवस्तुमा प्रवेश नै नगरी हेर्दाहेर्दै स्थगित भएको इजलास सोमबार र मंगलबार बस्न सकेको थिएन ।

सर्वोच्च अदालतका अनुसार सरकारी पक्षले प्रश्न उठाएका दुई न्यायाधीश दीपककुमार कार्की र डा‍. आनन्द मोहन भट्टराईले इजलासमा नै आफ्नो राय व्यक्त गर्ने तयारी गरेका छन् ।

उनीहरु इजलासमा बस्न तयार भए भने इजलास विषयवस्तुमा प्रवेश गर्नेछ । तर उनीहरुले इजलासमा नबस्ने राय दिएको खण्डमा भने संवैधानिक इजलास पुनर्गठनको आवश्यकता पर्ने भएकोले यो मुद्दामा सुनुवाइ फेरि लम्बिने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment