
२६ जेठ, गुल्मी । गुल्मीको जिल्ला अस्पताल र विभिन्न स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
बोधिसत्वा विहार बुढानीलकण्ठले बौद्ध धर्मालम्बीहरुको आर्थिक सहयोगमा ३० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
कलाकार तिलक बस्नेत र लोक तथा दोहोरी गीत प्रतिस्ठान गुल्मीको समन्वयमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको प्रतिष्ठान गुल्मीका पूर्वअध्यक्ष जनक पन्थले जानकारी दिए ।
संस्थाले २० वटा अक्सिजन कन्सन्ट्रेटर, माक्स, सेनिटाइजर, पीपीईलगायतका स्वास्थ्य सामग्री गुल्मी अस्पताल, सिमिचौर, इस्मा, अर्जै, हर्दिनेटा, श्रीङ्गा, शान्तिपुर र दुबिचौर स्वस्थ्य चौकीलाई वितरण गरिएको कलाकार बस्नेतले बताए ।
सामग्री हस्तातरण गर्न सामाजिक अभियान्ता शान्ता शर्मा, ज्ञानेन्ऽ शाही र कलाकार तिलक बस्नेतलगायतको टोली विभिन्न स्वास्थ्य चौकीहरुमा पुगेर स्वास्थ्य समाग्री प्रदान गरेका थिए ।
प्रतिक्रिया 4