Comments Add Comment

चलचित्रकर्मीलाई खोप उपलब्ध गराउन स्वास्थ्यमन्त्री सकारात्मक

कोरोनाका कारण सबैभन्दा बढी प्रताडि बनेको छ, चलचित्र उद्योग । विगत डेढ बर्षदेखि कामहरु ठप्प हुँदा चलचित्र क्षेत्र अस्तव्यस्त बनेको छ । चलचित्र क्षेत्र कहिलेबाट पुरानै अवस्थामा फर्किन्छ भन्न सकिने अवस्था छैन । यस्तो समयमा, चलचित्र क्षेत्रलाई अगाडि बढाउन सरकारले पनि विशेष प्याकेज ल्याउन आवश्यक रहेको चलचित्रकर्मीहरुले नै बताउँदै आएका छन् ।

नेपाल सरकारले गतबर्षबाट देशभरका विभिन्न उमेर समुहका मानिसहरुलाई कोरोनाको खोप लगाउँदै आएको छ । तर, कोभ अभियान भने खासै प्रभावकारी बन्न सकेको छैन ।

चलचित्र विकास बोर्डले नेपाल सरकारसँग चलचित्रकर्मीलाई खोप लगाउनका लागि माग गरिरहेको छ । चलचित्र विकास बोर्डले ३ हजार चलचित्रकर्मीलाई खोप लगाउनुपर्ने माग गरेको थियो ।

यसैविच, बुधबार बिहान स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसँग भेट गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य राज कटुवालले चलचित्रकर्मीलाई खोप उपलब्ध गराउन आग्रह गरेका छन् । जवाफ मन्त्री तामाङले चीनबाट आएको खोप ६० बर्षदेखि ६५ बर्ष उमेरका मानिसहरुलाई लगाउने निर्णय भएकाले एक साता भित्र नयाँ खोप आउने र त्यो खोप चलचित्रकर्मीका लागि उपलब्ध गराउने बताएका थिए । मन्त्रीसँगको भेटपछि अनलाइनखबरसँग कुरा गर्दै सदस्य राज कटुवालले भने–‘हामी चलचित्रकर्मीका लागि खोप उपलब्ध गराउने बिषयमा पहिल गरिरहेका छौं । मन्त्रीज्यू यसमा सकारात्मक हुनुहुन्छ । चलचित्रकर्मीका लागि खोप उपलब्ध हुनेमा विश्वस्त छौं ।’

भेटमा मन्त्री तामाङलाई अध्यक्ष दाहाल र सदस्य कटुवालले नेपाली चलचित्रका पाका चलचित्रकर्मीहरुलाई सुरुवातमा खोप उपलब्ध गराइदिन पनि आग्रह गरेका थिए । सो बिषयमा मन्त्री सकारात्मक रहेको कटुवालले बताए ।

नेपाली चलचित्र क्षेत्रमा काम गर्ने चलचित्रकर्मीहरुले खोप नलगाएसम्म उनीहरु सुरक्षित रुपमा काम गर्ने वातावरण बन्न सक्ने अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment