+
+

अष्ट्रेलियाको भिक्टोरियामा लकडाउन खोल्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २६ गते १३:३५

२६ जेठ, काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यले बिहीबार रातिदेखि लकडाउन खुकुलो पार्ने तयारी गरेको छ ।

मानिसहरुले भिक्टोरियाको लकडाउन पालना गरेकाले अहिले अवस्था सामान्य भएको भन्दै भिक्टोरियाले लकडाउन खुकुलो पार्ने निर्णय गरेको हो ।

भिक्टोरियाको सबैभन्दा ठूलो सहर मेलबर्नमा लगाइएको लकडाउनको कारण मानिसहरु पछिल्लो दुई सातायता अत्यावश्यक कामका लागि बाहेक बाहिर निस्किन पाएका छैनन् ।

भिक्टोरियामा कोरोनाको पहिलोपटक भारतमा फेला परेको डेल्टा भेरियन्ट देखिएसँगै लकडाउन गरिएको थियो । बिहीबारदेखि लकडाउन खुकुलो हुन थाल्ने भए पनि अझै पनि केही प्रतिबन्धहरु भने कायमै रहनेछन् ।

‘यो खुसीको दिन हो । हामी सबैले एकसाथ यो उपलब्धि हात पारेका छौं । यो सबैको लागि गर्वको विषय हो’, भिक्टोरियाका कार्यवाहक प्रिमियर जेम्स मार्लिनोले बताए ।

यद्यपि, अझै पनि जोखिम नटरेको मार्लिनोको भनाइ छ । कोरोनाको भाइरस अझै पनि मानिसहरुमा हुन सक्ने भएकाले सतर्क रहन उनले सबैसँग आग्रह गरेका छन् ।

लकडाउन खुलेपनि भिक्टोरियामा मानिसहरुलाई भेला गर्न र जान रोक लगाइएको छ भने बाहिर वा बन्द कोठामा दिइने सेवामा मास्क अनिवार्य गरिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?