
जेठ २६, भोजपुर । होम आइसोलेशनमा बसिरहेका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
भोजपुरको टेम्के मैयुङ गाउँपालिका-६ का ६४ वर्षीय पुरूषको मृत्यु भएको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिए ।
अध्यक्ष राईका अनुसार दुई हप्ता अघि एन्टीजेन परीक्षणको क्रममा उनलाई कोरोना संक्रमणको पुष्टि भएको थियो ।
हाल गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढिरहेको अध्यक्ष राईले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4