+
+

एल सल्भाडर बन्यो बिटक्वाइनलाई कानुनी मुद्रा बनाउने पहिलो मुलुक

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २७ गते १२:१०

२६ जेठ, काठमाडौं । एल सल्भाडोर बिटक्वाइनलाई आधिकारिकरुपमा कानुनी मुद्राको रुपमा स्वीकार गर्ने पहिलो मुलुक बनेको छ । एल साल्भाडोरको संसद्मा मंगलबार भएको मतदानमा राष्ट्रपति नायिब बुकेलेको यो प्रस्ताव स्वीकृत भएको हो । बिटक्वाइनलाई आधिकारिकरुपमा मान्यता दिने पक्षमा ८४ मध्ये ६२ सांसदले मतदान गरेका थिए ।

राष्ट्रपति बुकेलेले सरकारले इतिहास रचेको प्रतिक्रिया दिएका छन् । यससँगै अब विदेशमा बस्ने एल सल्भाडोरका नागरिकहरुले सहजै आफ्नो मुलुकमा पैसा पठाउन सक्ने उनले बताए । उनले यो निर्णयसँगै आगामी दिनमा मुलुकको वैदेशिक लगानी वृद्धि, वित्तीय समावेशीकरणमा सुधारका साथै रोजगारी पनि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

यससँगै अबको ९० दिनमा एल साल्भाडोरमा बिटक्वाइन अमेरिकी डलरजस्तै कानुनी मुद्रा बन्नेछ । नयाँ कानुनअनुसार एल साल्भाडोरका व्यवसायहरुले बिटक्वाइनलाई कानुनी मुद्राको रुपमा वस्तु तथा सेवा खरिदको लागि स्वीकार गर्नुपर्ने हुन्छ।

यसअघि एल साल्भाडोरले बैंक खाता नभएका ७० प्रतिशत मानिसहरुलाई यो योजनाले वित्तीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरेको थियो । केही अर्थशास्त्रीहरुले भने एल साल्भाडोरको यो कानुनप्रति आशंका व्यक्त गरेका छन् ।

साल्भाडोरले यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) वा अन्य वित्तीय संस्थाबाट लिएको ऋणलगायतका कार्यक्रममा असर पर्न सक्ने उनीहरुको भनाइ छ । त्यस्तै बिटक्वाइनको मूल्यमा पनि ठूलो उतारचढाव देखिने गरेकाले पनि यसको प्रयोगमा समस्या आउन सक्ने उनीहरुले बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?