Comments Add Comment

काम नभएपछि कर तिर्न सकिनँः कंगना रनावत

बलिउड नायिका कंगना रनावतले काम नभएपछि आफूले करको आधा रकम पनि तिर्न नसकेको उल्लेख गरेकी छिन् । सामाजिक संजालमार्फत उनले पहिलो पटक आफ्नो जिन्दगीमा यस्तो परिस्थिती आएको उल्लेख गरेकी छिन् ।

कंगनाले आफू बलिउडमा सर्वाधिक धेरै कर तिर्ने नायिका भएको दाबी गर्दै पहिलो पटक करको आधा हिस्सा रकम तिर्न पनि समस्या भएको बताएकी छिन् ।

कंगनाले लेखेकी छिन्–‘म सबैभन्दा बढी कर तिर्ने नायिका हुँ । मैले आफ्नो आम्दानीको ४५ प्रतिशत कर तिर्ने गरेकी छु । तर, काम नभएको कारण मैले गतबर्षको करको आधा रकम पनि तिर्न सकेकी छैन । जिवनमा पहिलो पटक मैले कर तिर्न ढिलाई गरेकी हुँ । व्यक्तिगत रुपमा हाम्रो लागि यो कठिन समय हुनसक्छ । तर, एकसाथ हुँदा हामी समय भन्दा पनि बलवान छौं ।’

नायिका कंगना रनावत पछिल्लो समय चलचित्रका कारण भन्दा पनि आफ्नो विवादित बयानका कारण बढी चर्चामा छिन् । नायक सुशान्त सिंह राजपुतको निधन भएपछि कंगनाका बयानले निरन्तर मिडियामा चर्चा पाइरहेका छन् । उनले, बलिउड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्नेहरुको विरुद्ध निरन्तर आक्रोश पोख्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment