Comments Add Comment

अष्ट्रेलियासँगको खेलमा युवा खेलाडीले डेब्यू गर्न सक्छन् : प्रशिक्षक अलमुताइरी

२७ जेठ काठमाडौं । विश्वकप र एसियाकप छनोटको दोस्रो चरणको अन्तिम खेल नेपालले शुक्रबार अष्ट्रेलियासँग खेल्दैछ ।

खेलअघि बिहीबार भएको प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले उक्त खेलमा नतिजाको वास्ता नगरी राम्रो खेल्ने बताए । ‘हामीले अर्को राम्रो खेल खेल्नुपर्ने छ । हाम्रो लक्ष्य नतिजा भन्दा पनि राम्रो खेल खेल्ने हो,’ उनले भने ।

अलमुताइरीले नेपालको खेल्ने शैलीमा फरक आएको पनि बताए ।  ‘नेपालको इतिहास हेर्ने हो भने लामो पासमा धेरै खेलेको देखिन्थ्यो, खेल्ने शैलीमा केही परिवर्तन भएको छ’ उनले भने । प्रशिक्षक अलमुताइरीले यसअघिका खेलमा पनि राम्रो प्रदर्शन गर्दै समर्थकलाई खुशी दिएको बताए ।

उनले अष्ट्रेलियासँगको खेलमा नयाँ खेलाडीले अवसर पाउन सक्ने पनि बताए । नेपाली टिममा रहेका आयुष घलान, सुरजज्यू ठकुरी र कमल थापाले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका थिए । तर उनीहरुले डेब्यू गर्न बाँकी छ ।

‘कमल, सुरज र आयुषले सिनियर टोलीबाट डेब्यु गरेका छैनन् । युवा खेलाडीलाई पनि डेब्यूको अवसर हुन सक्छ । उनीहरुले सिनियर टोलीमा डेब्यु सुरु गर्दै आफ्नो करिअर अर्को स्तरमा लग्नुपर्छ । हामी हेर्छौँ । भोलिको खेलमा सुरुवात त गर्दैनन् तर अष्ट्रेलियाविरुद्ध डेब्यु गर्न पाउनु सामान्य होइन’ उनले भने ।

नेपाली टिममा पहिलो पटक परेका मनिष डाँगी र गौतम श्रेष्ठले भने इराकविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका थिए ।

प्रशिक्षक अलमुताइरीले जुलाईमा केही मैत्रीपूर्ण खेल खेल्ने जानकारी दिँदै अब साफ च्याम्पियनसिपको तयारीमा लग्ने बताए । ‘जुलाईमा युरोपेली र अफ्रिकी राष्टसँग मैत्रीपूर्ण खेल खेल्न कार्यक्रम छ । सेप्टेम्बरको साफ च्याम्पियनसिपको लागि हाम्रो मुख्य तयारी हो । त्यसको लागि हामी दीर्घकालीन योजना लिएर अघि बढेका छौं ।’

यस्तै प्रशिक्षक अलमुताइरीले विश्वकप छनोट खेलको दोस्रो चरणमा समूहको चौथो स्थानमा रहने वाचामा सफल भएको पनि बताए ।

उता अष्ट्रेलियन प्रशिक्षक ग्रेहम अर्नोल्डलले नेपाली टिम मिहिनेती रहेको बताए । ‘नेपाल कडा मिहिनेत गर्ने टिम हो । हाम्रो टिमको वातावरण राम्रो छ । नेपालविरुद्ध राम्रो प्रदर्शन गर्ने अपेक्षा छ’ उनले भने ।

उनले नेपालविरुद्धको खेलमा केही खेलाडी परिवर्तन हुने संकेत गरे । नेपाल र अष्ट्रेलिया यसअघि विश्वकपकै छनोटमा २०१९ मा खेलेका थिए । क्यानबेरामा भएको खेलमा नेपाल ५-० ले पराजित भएको थियो ।नेपालले अष्ट्रेलियासंग दोस्रो पटक खेल्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment