Comments Add Comment

थप ३,७४९ जनामा कोरोना संक्रमण, ५९ जनाको मृत्यु

२७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप  ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०१ नमुनाको पीसीआर परीक्षणमा २ हजार ८७४ र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ । जसमध्ये ५ लाख १५ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् भने ७७ हजार ८५८ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५९ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ । पछिल्लो २४ घण्टामा ५,२९३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५४०, झापामा १९२, सुनसरीमा १६६, ललितपुरमा १२५, मोरङमा १४३ र कास्कीमा ११२ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै भक्तपुरमा ९९, रूपन्देहीमा ७७, नुवाकोटमा ७६, चितवनमा ७२, कैलालीमा ६३, धादिङमा ६२, लमजुङमा ६१, तनहुँ र नवलपरासीमा ६०/६० जनामा कोरोना संक्रमित थपिएका छन् ।

काभ्रेपलाञ्चोकमा ५९, उदयपुरमा ५८,धनुषामा ५१,संखुवासभामा ४९,गोरखामा ४६, मकवानपुरमा ४४,सर्लाही, सिन्धुली र रूकुम पश्चिममा ४३/४३ जना,दोलखामा ३९, सिन्धुपाल्चोक र दाङमा ३८/३८ जना, रसुवामा ३७ र नवलपरासी पश्चिममा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै खोटाङ र डोटीमा २९/२९ जना,सिरहा र पाल्पामा २६/२६ जना, रोल्पामा २५, सुर्खेतमा २४, सप्तरीमा २०, बर्दियामा १८,बाँकेमा १६, महोत्तरीमा १५, कञ्चनपुरमा १३ र रौतहटमा ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्याङजा र कपिलवस्तुमा ९/९ जना, धनकुटामा ८, डडेलधुरामा ७, रामेछाप, जुम्ला र दैलेखमा ७/७ जना, इलाममा ५, बारा, अर्घाखाँची र दार्चुलामा बैतडीमा ३/३ जना, तेह्रथुम, भोजपुर, सोलुखुम्बु,प्‍युठान र सल्यानमा २/२ जना तथा ओखलढुंगा,पाँचथर, पर्सा, पर्वत, मुस्ताङ, म्‍याग्दी, गुल्मी, कालिकोट र अछाममा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका १०१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment