+
+

बालुवाटारबाट नागरिक अगुवा पक्राउ

चन्द्र आले चन्द्र आले
२०७८ जेठ २८ गते ११:१८

२८ जेठ, काठमाडौं । बालुवाटारमा प्रदर्शनमा उत्रिएका नागरिक समाजका अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको हो ।

खगेन्द्र संग्रौला, नारायण वाग्ले, युग पाठक, सञ्जीव उप्रेती, अर्चना थापा, सरिता परियार, रिता परियार, प्रणेता, भास्कर गौतम, अनुभव अजित, घिमिरे युवराज, संगीत, भावना रावत, निर्घ नवीन, शशीबिक्रम कार्की, सौरभ कार्की, सौरभ न्यौपाने, अन्जानबाबु पक्राउ परेका छन्।

उनीहरुले ‘स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने, सरकारी अस्पतालबाट बिरामी लखेटिने’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

सर्वोच्च अदालतको समेत निर्णय विपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै नागरिक अगुवाहरुले विरोध गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?