Comments Add Comment

यी हुन् सरकारको प्राथमिकतामा रहेका १० जुनोटिक रोग

२८ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पशुपंक्षीबाट मानिसमा सर्ने रोग (जुनोटिक रोग) को प्राथमिकता सूची सार्वजनिक गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार नेपालका जुनोटिक रोगको प्राथमिकताको पहिलो स्थानमा इन्फ्लूएन्जा (जुनोटिक इन्फ्लूएन्जा, सिजनल इन्फ्लूएन्जा), दोस्रोमा रेबिज, तेस्रोमा कोरोना भाइरस (सार्स,मर्स, सार्स कोभ २), चौथोमा लेप्टोस्पाइरोसी र पाँचौंमा ब्रुसेलोसिस रहेको छ । त्यस्तै छैटौंमा सालमोनेलोसि, सतौंमा लेस्मिनियासिस, आठौंमा जुनोटिक क्षयरोग, नवौंमा सिस्टिसर्कोसिस÷हाइडाट्रिोसिस र दशौंमा टोक्जोप्लास्मोसिस रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले यी रोग समुदायमा संक्रमण फैलाउन सक्ने जुनोटिक रोग भएको बताए ।

पशुपन्छीबाट मानिसमा सजिलै सर्ने रोगलाई जुनोटिक रोग भनिन्छ । पशुपन्छीसँगको लसपस, दूध, दही, मासु र हावाको माध्यमबाट यो रोग मानिसमा सर्ने विज्ञहरु बताउँछन् ।

कोभिड–१९ पनि पशुपंक्षीबाटै मानिसमा सरेको बताइएको छ । तर अझैसम्म यसको उत्पत्तिबारे विभिन्न धारणाहरु सार्वजनिक भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment