 
																			२८ जेठ, सुर्खेत । नेकपा एमालेले शुक्रबार पनि कर्णाली प्रदेश सभा बैठक अवरुद्व गरेको छ । आर्थिक वर्ष २०७८/०८९ नीति तथा कार्यक्रमको आर्थिक विनियोजन विधेयकमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माको हस्ताक्षर नभएको भन्दै एमालेले पुनः बैठक अवरुद्ध गरेको हो ।
प्रदेश सभाको शुक्रबारको बैठक शुरु भएलगत्तै एमाले संसदीय दलका नेता यामलाल कँडेलले समय मागेर बोलेका थिए ।
त्यसलगत्तै सभामुख राजबहादुर शाहीले आर्थिक मामिला मन्त्री शर्माले बिहीबारको बैठकमा टेवल गरेको आर्थिक वर्ष २०७८/०८९ नीति तथा कार्यक्रमको आर्थिक विनियोजन विधेयक छलफलमा प्रवेश गराउन लाग्दा एमालले आपत्ति जनाएको थियो ।
एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले विनियोजन विधेयकमा हस्ताक्षर हुनुपर्ने भन्दै बैठक अगाडि बढ्न नसक्ने बताए ।
‘विधिवत रुपमा हस्ताक्षर नभएको यो विधेयक कसले ल्याएको हो ? यो सभाले मन्त्रीलाई चिन्छ । तर मन्त्रीको अस्ताक्षर छैन,’ प्रमुख सचेतक शाहले भने, ‘मन्त्रीको हस्ताक्षर नभएको दस्तावेजमा छलफल हुन सक्दैन, बैठकलाई यहीँ रोकौं ।’
सभामुख शाहीले मूल दस्तावेजमा मन्त्रीको हस्ताक्षर भएको भन्दै छलफलमा सहभागी हुन आग्रह गरेका थिए । त्यसलगत्तै दलका नेता कँडेलले आफूहरुलाई प्राप्त दस्तावेजमा मन्त्रीहरुको हस्ताक्षर नभएसम्म बैठक चल्न नसक्ने अडान लिए पछि बैठक आधा घण्टाका लागि सभामुख शाहीले बैठक स्थगित गरेका छन् ।
२४ गतेदेखि शुरु भएको प्रदेश सभाको बैठक एमालेको लगातारको अवरोधका कारण बिहीबारदेखि सञ्चालन भएको थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4