+
+

मधु अधिकारीलाई मन्त्री बनाउने माओवादीको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २९ गते १८:३९

२९ जेठ, पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशमा मधु अधिकारी गुरुङलाई मन्त्री बनाउने भएको छ । नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई समर्थन गर्ने दलहरुबाट एकएक जना मन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

जसमा माओवादी केन्द्रले लमजुङबाट निर्वाचित मधु अधिकारीलाई मन्त्री बनाउने भएको हाे । सहिद पत्नी समेत रहेकी उनले सभामुखमा पनि दाबी गरेकी थिइन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट संसदीय दलका नेता हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिव गुरुङ (दिपक मनाङे) मन्त्री बन्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?