+
+
Shares

उदयपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना गम्भीर घाइते

रासस रासस
२०७८ जेठ ३० गते १०:०८

३० जेठ,उदयपुर । जिल्लाको ताप्ली गाउँपालिका-४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । तीनजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार साँझ ८ बजेतिर सिरहाको लहानबाट छुटेको बा१८च१५६७ नंको बोलेरोमा सवार चारमध्ये एकजनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुने सिन्धुलीको दुधौली नगरपालिका-१० का ६० वर्षीय इन्द्रबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

अन्य घाइतेमा कटारी नगरपालिका-१० का चालक ३५ वर्षीय डाकनारायण श्रेष्ठ, ताप्ली-४ का ३० वर्षीय झगरबहादुर सार्की र ताप्ली-४ कै २६ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

शनिबार राति ८ बजेतिर ताप्लीको पोखरीडाँडाको भित्री कच्ची सडकमा नियन्त्रण गुमाएर बोलेरो जीप सडकबाट २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले बताए ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय कटारी र ताप्ली प्रहरी चौकीबाट उद्धारका लागि पुगेको प्रहरीले घाइते तीनजनालाई कटारी अस्पताल पुर्‍याएको हो । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?