Comments Add Comment

कोपा अमेरिकामा चार अर्जेन्टिनी नागरिक प्रशिक्षक

३० जेठ, काठमाडौं । विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४७ औं संस्करण आइतबारदेखि ब्राजिलमा सुरु हुँदैछ ।

सन् १९१६ मा सुरु भएको प्रतियोगितामा दक्षिण अमेरिकी महादेशका १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । केही संस्करणमा उत्तर अमेरिकी र एसियन टिमले गेस्ट टिमको रुपमा समेत खेलेका थिए । कोपा अमेरिकाको उपाधि उरुग्वेले सर्वाधिक १५ पटक जितेको छ ।

यो प्रतियोगिता ब्राजिलमा छैटौं पटक आयोजना हुँदैछ । जहाँ उद्घाटन खेलमा समूह बी मा रहेको घरेलु टोली ब्राजिलले भेनेजुएलासंग खेल्नेछ ।

यस पटकको कोपा अमेरिकामा चार अर्जेन्टिनी नागरिक प्रशिक्षक बनेका छन् । अर्जेन्टिना, पाराग्वे, इक्वेडर र पेरुका प्रशिक्षक अर्जेन्टिनी नागरिक हुन् ।

अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कोलानी छन् भने एडुवार्डो बेरिजो पराग्वे, गुस्ताभो अल्फारो इक्वेडर र रिकार्डो गारेसा पेरुको प्रशिक्षक छन् ।

यस्तै उरुग्वेली नागरिक ओस्कार ताबारेज उरुग्वेको र मार्टिन लार्टे चिलीका प्रशिक्षक छन् ।

ब्राजिलको प्रशिक्षकमा आफ्नै देशका टिटे छन् भने कोलम्बियाको प्रशिक्षक पनि आफ्नै देशका रेइनाल्डो रुएडा छन् ।

यस्तै पोर्चुगलका जोस पेसेइरो भेनेजुएलाको प्रशिक्षक छन् । तर भेनेजुएलाका नागरिक सेजार फारियस भने बोलिभियाको प्रशिक्षकमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment