+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

एक हप्तामा एक करोडको सहुलियत व्यापार

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३० गते १७:४६

३० जेठ, काठमाडौं । साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एक साताको अवधिमा झण्डै एक करोड रुपैयाँ बराबरको सहुलियतयुक्त व्यापार गरेको छ । तेल, चिनी, ग्यास, खाद्यन्न, पिठो र नुन गरे गरेर एक साताको अवधिमा ३६ लाख ८८ हजार रुपैयाँ भन्दा धेरैको वस्तु बिक्री गरिएको साल्ट ट्रेडिङले जनाएको छ ।

यस्तै ६० लाख रुपैयाँ बराबरको चामल र कर्णालीको सिमी बिक्री गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । दुवै कम्पनीले खाद्यन्न र इन्धन गरेर कडा निषेधाज्ञाको एक सतामा सो रकम बराबरको वस्तु बिक्री गरेको जनाएका छन् ।

जेठ २१ गते देखि ३० गतेसम्म १२ हजार ६६६ किलो नुन,१४ हजार ३८६ किलो चिनी, पाँच हजार २६४ किलो पिठो साल्ट ट्रेडिङले बिक्री गरेको कम्पनीका सूचना अधिकारी कुमार राजभण्डारीले जानकारी दिए ।

यस्तै ६ हजार १३४ लिटर भटमासको खाने तेल र एक हजार ६४ सिलिण्डर खाना पकाउने ग्यास पनि कर्पोरेसनले बिक्री गरेको जनाएको छ ।

साल्टले उपत्यकाका कालिमाटी, टेकु, कोटेश्वर, जावालाखेल, सतुंगल, भक्तपुर, नारायणगढ र बनेपाबाट उक्त परिमाणको व्यापार गरिएको कम्पनीले जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने १६ हजार ४१ क्वीनटल चामल र चार हजार ९९८ क्विन्टल १९ किलो कर्णालीको सिमी बिक्री गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?