+
+
Shares

फ्रन्टलाइनरको सम्मानमा चित्रकला (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ जेठ ३० गते १९:४६

३० जेठ, काठमाडौं । रत्नपार्कको आकाशे पुलको पर्खालमा एउटा ठूलो चित्रकला निर्माण आइतबार पूरा भयो । चार जना कलाकार र तीन जना स्वयंसेवकको मिहिनेतमा ६ दिन लगाएर बनाएको यो चित्रकलाले कोरोना भाइरसको महामारीका बेला अग्रपंक्तिमा खटिनेहरुप्रति सम्मान व्यक्त गरेको छ ।

कोरोना महामारीको समयमा शहरका अधिकांश मानिस घरभित्र बसेका बेला बाहिर निस्केर काम गर्नेहरुको सम्मानका लागि यो चित्र बनाएको कलाकारहरु बताउँछन् । चित्रकलामा मास्क लगाएर काम गरिरहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, प्रहरी, पाइलट, पत्रकार, शव व्यवस्थापकहरु देख्न सकिन्छ ।

यस चित्रकलाको परिकल्पनाकार डोजाङ शेर्पा फ्रन्टलाइनको सम्मानका लागि आफूहरुले चित्र बनाएको बताउँछन् । ‘महामारी नियन्त्रणमा उहाँहरु नखटिनु भएको सिचुएसन ब्लास्ट भइसक्थ्यो,’ उनले भने, ‘त्यसैले उहाँहरुलाई मोटिभेसन होस्, हामी तपाईंहरुको साथमा छौं भन्नका लागि यो चित्रकला बनाएका हौं ।’

चित्रकला निर्माणमा कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ तथा स्वयंसेवकहरु कुञ्जाङ शेर्पा, अभिषेक पौडेल र मात्रिका तिमिल्सिना खटिएका थिए । ‘हामीलाई ६ दिन लाग्यो, दुई दिन पानीले बिथोल्यो,’ परिकल्पनाकार डोजाङले भने ।

चित्र बनाउँदा उनीहरुलाई धेरैले धन्यवाद पाए । ‘हामीले चित्र बनाइराख्दा ट्राफिक प्रहरीहरु धेरै खुशी हुनुभयो, धेरै नर्सहरु पनि आउनुभयो र धन्यवाद दिनुभयो’ डोजाङले भने ।

हेर्नुहोस् चित्रकला

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?