+

जोकोभिचले जिते फ्रेन्च ओपन

२०७८ जेठ  ३१ गते ८:४३ २०७८ जेठ ३१ गते ८:४३
जोकोभिचले जिते फ्रेन्च ओपन

३१ जेठ, काठमाडौं । विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचले फ्रेन्च ओपनको उपाधि जित्दै ग्राण्ड्सलाम उपाधि संख्या १९ पुर्‍याएका छन्।

सर्बियन खेलाडी जोकोभिचले ग्रीसका स्टेफानोस सिसिपासलाई रोमाञ्चक खेलमा ३-२ ले हराएर उपाधि जिते । उनले रोनाल्ड ग्यारोमा उपाधि जितेको यो दोस्रो पटक हो ।

सुरुआती दुई सेट गुमाए पनि शानदार पुनरागमन गर्दै जोकोभिचले जित हात पारे । पहिलो पटक ग्राणड्सलाम फाइनल पुगेका सिसिपासले दुई सेट ७-६, ६-२ ले जित्दै खेलमा अग्रता बनाएका थिए । उनी उपाधि जित्नबाट एक सेट टाढा थिए । तर जोकोभिचले त्यसपछि पुरनागमन गर्दै तीन सेट ६-३, ६-२, ६-४ ले आफ्नो पक्षमा पारे ।

फ्रेन्च ओपन उपाधिसँगै जोकोभिक सर्वाधिक ग्राण्ड्सलाम जित्ने रोजर फेडेरर र राफेल नाडलभन्दा एक उपाधिले मात्र पछि छन् ।

फेडेरर र नाडालले समान २० ग्रान्डस्लाम जितेका छन् ।

नोभाक जोकोभिच

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय