+
+
Shares

आर्यन–नम्रताको जोडीको प्रतिक्षा

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३१ गते १३:१२

नायक आर्यन सिग्देलले नायिका नम्रता श्रेष्ठको आज परेको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्दै हरेक पल तिम्रो मुहारमा खुशी देख्न पाइयोस् भनेर कामना गरे ।

आर्यन नम्रतालाई ‘नमी’ भनेर बोलाउँछन् । जन्मदिनमा शुभकामना दिने क्रममा आर्यनले नम्रतासँगको रोमान्टिक तस्वीर पोष्ट गरेका छन् ।

नेपाली चलचित्र क्षेत्रमा आर्यन र नम्रताको जोडीलाई सफल मानिन्छ । ‘मेरो एउटा साथी छ’मा काम गरेपछि आर्यन र नम्रतालाई दर्शकले रुचाएका हुन् । यसपछि, उनीहरुले ‘नोभेम्बर रेन, क्लासिक’ जस्तो हिट चलचित्र पनि दिएका छन् ।

पछिल्लो समय आर्यन र नम्रता एकसाथ देखिएका भने छैनन् । उनीहरुको सम्बन्धमा चिसोपना आएको भन्ने खालका खबर पनि सार्वजनिक भएका थिए ।

आर्यनले साम्राज्ञी राज्यलक्ष्मी शाह, मिरुना मगर, स्वस्तिमा खड्का, उपासना सिंह ठकुरी लगायतका नायिकासँग काम गरिरहँदा नम्रताले भने कोशिश क्षेत्री, विपिन कार्कीसँग काम गरिन् । तर, पनि दर्शकले आर्यन र नम्रताको जोडीबाट रोमान्टिक लभ स्टोरी चलचित्रको अपेक्षा गरेका छन् ।

दर्शकलाई यो जोडीको प्रतिक्षा छ । तर, दर्शकको प्रतिक्षा कहिले पुरा हुन् हो, अहिले यसै भन्न सकिने अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?