Comments Add Comment

डोटीमा केही खुकुलो पार्दै थपियो निषेधाज्ञा

३१ जेठ, डोटी । बिगतको भन्दा केही खुकुलो गरी डोटी जिल्लामा असार १० गतेसम्म लकडाउन थप भएको छ ।

प्रमुख जिल्ला अधिकारी सुनिल खनालले आदेश जारी गर्दै असार १० गते राती १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको बताएका छन् ।

पछिल्ला दिनहरुमा जिल्लामा संक्रमणको दरमा केही मात्रामा कमी देखिएको भएपनि जोखिम कायमै रहेकोले निषेधाज्ञा लम्ब्याइएको आदेशमा उल्लेख छ ।

समुदायस्तरमा संक्रमणको दर न्यून गर्न निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी खनालले जनाएका छन् ।

निषेधाज्ञा विगतकोभन्दा केही खुकुलो बनाइएको छ । दोश्रो लहरको कोरोना संक्रमण फैलिएसँगै जिल्लामा वैशाख २२ गतेदेखि निषेधाज्ञा सुरु भएको थियो ।

निषेधाज्ञा अवधिमा खाद्य सामग्रीका पसलहरु बिहान ७ वजेदेखि ९ वजेसम्म र साँझ ५ वजेदेखि ७ वजेसम्म मात्रै सञ्चालन गर्न पाउने व्यवस्था गरिएको थियो ।

मंगलवारदेखि ती पसलहरु बिहान ६ बजेदेखि १० वजेसम्म र साँझ ४ वजेदेखि ७ बजेसम्म सञ्चालन हुनेछन् । होटेल, रेष्टुरा, चिया पसल, मदिरा पसल भने खोल्न नपाईने आदेशमा उल्लेख छ ।

यस्तै बैंक तथा वित्तीय संस्था बिहान १० वजेदेखि दिउसो २ बजेसम्म चल्नेछन् । बित्तीय संस्था र सरकारी कर्मचारीहरुले परिचय पत्रका आधारमा आवत जावत गर्न पाईने भएको छ ।

दुई पांग्रे र चार पांग्रे नीजि सवारी साधनहरुलाई जिल्लाभित्र चल्न दिने आदेशमा उल्लेख छ । दोश्रो लहरको संक्रमण अन्तरगत डोटी जिल्लामा एक हजार तीन सय ३७ संक्रमित भएका छन् । आइतबार साँझसम्म जिल्लामा एक सय ९८ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment