+
+
Shares

रौतहटमा असार ७ सम्म निषेधाज्ञा थप

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३१ गते १५:३७

३१ जेठ, रौतहट । रौतहटमा जारी निषेधाज्ञा असार ७ गतेसम्म थपिएको छ । कोरोना संक्रमण नियन्त्रणमा आइनसकेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

यसअघि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले कोरोना भाइरस संक्रमण अझै नियन्त्रणमा आइनसकेकाले निषेधाज्ञा थप्न प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो । रौतहटमा लगाइएको निषेधाज्ञा सोमबार मध्यराति १२ बजे सकिंदैथियो ।

जिल्ला प्रशासन कार्यालयले यसपटकको निषेधाज्ञालाई केही खुकुलो बनाएको छ । किराना, फलफूल र तरकारी पसलका साथै बैंक तथा वित्तीय संस्थालाई नियमित सञ्चालनको अनुमति दिइएको छ ।

स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी आपूर्ति बाहेकका अन्य सबै निकाय र सेवालाई पनि निषेध गरिएको छ भने एम्बुलेन्स, शव वाहन, दमकल लगायत सवारी पास प्राप्त सवारी साधनलाई मात्र सञ्चालनको अनुमति दिइएको छ ।

विवाह, व्रतबन्ध तथा मृत्यु संस्कार लगायतका कार्यमा भौतिक दूरी कायम गर्दै बढीमा २५ जनासम्म उपस्थित हुन पाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?