+

युरोकपमा स्लोभाकियासँग पोल्याण्ड पराजित

२०७८ असार  १ गते ६:२४ २०७८ असार १ गते ६:२४
युरोकपमा स्लोभाकियासँग पोल्याण्ड पराजित

१ असार, काठमाडौं । स्लोभाकियाले जारी युरोकप २०२० मा विजयी सुरुआत गरेको छ । समूह ई अन्तर्गत सोमबार राति भएको खेलमा स्लोभाकियाले १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २-१ ले पराजित गरेको हो ।

दोस्रो पटक युरोकप खेलिरहेको स्लोभाकियाले रोवर्ट लेवान्डोस्कीको पोल्याण्डलाई स्तब्ध पार्दै सुखद सुरुआत गरेको हो ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलको १८औं मिनेटमा पोल्याण्डका गोलकिपर वचेक स्चेन्सीले आत्मघाट्टी गोल गरेपछि स्लोभाकियाले अग्रता लिएको थियो ।

स्लोभाकियाका रोबर्ट माकले प्रहार गरेको बल सुरुमा पोस्टमा लागेको थियो । तर पोष्टमा लागेर पर्केको बल गोलकिपर स्चेन्सीलाई लाग्दै गोल भयो ।

पहिलो हाफमा पछि परेको पोल्याण्डले दोस्रो हाफको सुरुमै बराबरी गोल फर्कायो । ४६ औं मिनेटमा कारोल लिन्टीले गोल गर्दै पोल्याण्डलाई खेलमा फर्काएका थिए ।

तर ६२ औं मिनेटमा पोल्याण्ड १० खेलाडीमा समेटिएपछि दबाबमा पर्‍यो । पोल्याण्डका मिडफिल्डर ग्रेगोर्ज क्रिचोवियकले दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

त्यसैको फाइदा उठाउँदै मिलान स्क्रिनरले ६९ औं मिनेटमा गोल गर्दै स्लोभाकियालाई दोस्रो पटक अग्रता दिलाएका थिए । त्यही अग्रता कायम राख्दै स्लोभाकियाले ३ अंक जोड्न सफल भयो ।

युरोकप स्लोभाकिया
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय