+
+
Shares

सप्तरीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १ गते १२:४२

१ असार, सप्तरी । सप्तरीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकल चालक खडक नगरपालिका–८ का २२ वर्षीय अनिल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खडक नगरपालिका–८ पहाडे भदिया चोकस्थित बोदेबर्साइन–बिसनपुर भित्री सडकखण्डमा स १ त २७२६ नम्बरको ट्याक्टरले अन टेष्ट मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनाबाट घाइते भएका चौधरीलाई उपचारका लागि प्रहरीले सिरहाको लहान अस्पताल पु¥याएलगत्तै मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?