+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

धितोपत्र बोर्डको प्रतिवेदनप्रति नेप्सेका सीईओ असन्तुष्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १ गते २२:०४

१ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त भन्दै ५१ वटा कम्पनीको नाम नै तोकेर सार्वजनिक गरिएको प्रतिवेदनप्रति नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले असन्तुष्टि जनाएका छन् ।

कुनै कम्पनीको मूल्य नै तोकेर यो मूल्य धेरै भएको भन्नु गलत भएको उनले बताए । खुला बजारमा मूल्य नियामक निकायले नभइ बजारले तोक्ने भन्दै उनले यो प्रतिवेदनले कम्पनीको ‘इमेज’ खराब बनाएको र लगानीकर्ताको लगानी पनि जोखिममा परेको बताए ।

बोर्डले अध्ययन प्रतिवेदन गलत नियतले नभई बजारमा सुधार गर्न नै बनाएको भए पनि कम्पनीको नाम नै तोकेर आउनु भनेको हतारमा गरिएको कमजोरी भएको उनको प्रतिक्रिया छ ।

‘यो त संसारमा कहीँ पनि नभएको काम भयो, यो कम्पनीको मूल्य ठीक छ यसको ठीक छैन भनेर भन्नै मिल्दैन, मूल्य निर्धारण बजारबाट हुने हो’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘बोर्डको नियतमा शंका गर्ने ठाउँ छैन,  यो हतारमा काम गर्दा यस्तो भएको हुनुपर्छ ।’

साउदले सरोकारवालासँग राय लिने वा सल्लाह गरेर काम गर्ने हो भने यस्तो समस्या नहुने बताए । बोर्डले सार्वजनिक गरेको तथ्यांक कुनै नयाँ नभई नेप्सेमा लगानीकर्ताले हेरिरहेको तथ्याङ्क भएको उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?