+
+
Shares

मनाङमा उद्दार तथा राहतका लागि हेलिकोप्टर पठाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २ गते १४:५०
फाइल फोटो

२ असार, काठमाडौं । मनाङको चामेमा राहत सामग्री लिएर गृह मन्त्रालयले हेलिकोप्टर पठाउन लागेको छ । तर प्रतिकुल मौसमका कारण नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर उड्न सकेको छैन ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले होलिकोप्टरमा राहत सामग्री लिएर जाने अनलाइनखबरलाई बताए । उनले भने, ‘खाद्यान्न, टेन्ट लगायत पठाउने तयारी गरिएको छ । त्यहाँ पुगेर यही हेलिकोप्टर उद्दार कार्यमा पनि खटिनेछ ।’

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले पनि हेलिकोप्टर तयारी अवस्थामा रहेको बताए । उनले भने, ‘उद्दार कार्यमा मनाङकै टोली खटिनेछ, यहाँबाट हेलिकोप्टर पठाउँदैछौं ।’

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार नासो गाउँपालिकाको कार्यालय भवन, इलाका प्रहरी कार्यालय, प्राइम र प्रभु बैंक रहेको भौतिक संरचनामा पनि क्षति पुगेको छ ।

अहिले प्रभावित क्षेत्रका वासिन्दा दुई समूहमा बाँडिएर सुरक्षित स्थानमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?