
२ असार, काठमाडौं । अष्ट्रेलियाको सबैभन्दा धेरै मानिसको बसोबास रहेको सिड्नीमा एक महिनाभन्दा लामो समयपछि कोरोना भाइरस (कोभिड–१९) का नयाँ स्थानीय संक्रमित थपिएका छन् ।
न्यु साउथ वेल्थ राज्यले बुधबार दिएको जानारी अनुसार ६० औं दशकका एक मानिसमा कोरोनाको स्थानीय संक्रमण देखिएको हो । उनलाई कोरोना संक्रमण कसरी भयो भन्ने अहिलेसम्म स्पष्ट भएको छैन । तर, पेशाले चालक रहेका उनी कहिलेकाहीँ एयरलाइन्सका क्रु सदस्य ओसार्ने काम गर्थे ।
अहिले अधिकारीहरु ती मानिसमा देखिएको कोरोना संक्रमणको स्रोत पत्ता लगाउने प्रयास गरिरहेका छन् । न्यु साथ वेल्सले ती व्यक्ति सिड्नीको पूर्वी क्षेत्रको सिनेमा र एक दर्जनभन्दा धेरै क्याफे तथा पसलमा गइसकेका मानिस रहेको बताएको छ ।
अष्ट्रेलियाको मेलबर्न सहर अहिले कोरोना संक्रमण नियन्त्रणको लागि संघर्ष गरिरहेको अवस्थामा सिड्नीमा पनि कोरोनाका स्थानीय संक्रमित फेला परेका हुन् ।
अष्ट्रेलिया कोरोना महामारी नियन्त्रणमा सफल मुलुक मानिन्छ । अष्ट्रेलियामा अहिलेसम्म ३० हजार ३ सयभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने ९१० जनाको संक्रमणको कारण मृत्यु भइसकेको छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4