+
+
Shares

यी १० जिल्लामा अझै बढ्दैछ कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २ गते १९:५०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल ।

२ जेठ, काठमाडौं । पछिल्लो १४ दिनमा १० जिल्लामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

उदयपुर, पाँचथर, तेह्रथुम, नुवाकोट, रोल्पा, हुम्ला, रुकुम (पश्चिम), दैलेख, डोटी र बाजुरामा अन्य दिनको तुलनामा संक्रमितहरुको संख्या बढ्दो रहेको मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले बताए ।

अन्य जिल्लाहरुमा भने संक्रमण दर क्रमशः घट्दो क्रममा रहेको उनले बताए । असार १ गतेसम्म देशका ४३ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?