Comments Add Comment
बोर्डको अध्ययनको परकम्प :

नेप्से एक अंकले घट्दा ११३ कम्पनीको मूल्यमा गिरावट

३ असार, काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा धेरै ठूलो घढबढ देखिएन । दिनभर तीव्र उतारचढाव देखिएको सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक कारोबार बन्द हुँदा एक अंकले मात्रै घट्यो । नेप्सेमा कारोबार हुने १३ वटा सवइन्डेक्सहरु मध्ये ७ वटा सबइन्डेक्सहरु घटे भने ६ वटा सवइन्डेक्सहरु बढेका छन् ।

सबैभन्दा धेरै विकास बैंक २ दशमलव ०४ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै ‘अन्य’ समूह १.१९ प्रतिशतले घटेको छ । बुधबारको तुलनामा धेरै कम्पनीहरुको सेयर मूल्य बढेको छ । २१९ कम्पनीको कारोबार भएकोमा ११३ कम्पनीको सेयर मूल्य घट्यो भने ९३ कम्पनीको सेयर मूल्य बढेको छ । कारोबार भएकामध्ये बाँकी ११ कम्पनीको सेयर मूल्य भने स्थिर देखिएका छन् ।

यो पनि पढ्नुहोस सेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकम सुस्तायो

मंगलबार नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीहरुको नाम नै तोकेर अस्वभाविक रुपमा यी कम्पनीहरुको सेयर मूल्य बढेको बताएको थियो । यसको प्रभाव बुधबार बजारमा ‘भूकम्प’ नै गएकोमा बिहीबार त्यसकै ‘परकम्प’ देखिएको छ । कारोबार रकम पनि सुस्ताएको छ । बिहीबार ११ अर्ब रुपैयाँ पनि कारोबार रकम पुग्न सकेन ।

अधिकांश हाइड्रोपावरले गुमाए

बिहीबार धेरै कमाउनेको शीर्ष स्थानमा खानीखोला हाइड्रोपावर कम्पनी देखिएको छ । यस कम्पनीको सेयर मूल्य २१ रुपैयाँले बढेको छ । त्यसपछि धेरै कमाउनेहरुको शिर्ष स्थानमा विकास बैंक, फाइनान्स, बिमा र सोल्टी होटल समेत देखिएको छ ।

धेरै कमाउनेको शीर्ष १ पछि १० मा समेत कालिका पावर कम्पनी देखिएको छ । जसको सेयर मूल्य बिहीबार १९ रुपैयाँले बढेको छ । धेरै कमाउनको शीर्ष १० मा जम्मा २ वटा हाइड्रोपावर कम्पनीहरु देखिएका छन् । तर, धेरै गुमाउनेहरुको शिर्ष स्थान पनि हाइड्रोपावरले नै ओगटेका छन् ।

धेरै गुमाउनेको शिर्ष स्थानमा सीईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी देखिएको छ । यसको सबैभन्दा धेरै अर्थात ४८ रुपैयाँ सेयर मूल्य घटेको छ । दोस्रो नम्बरमा देखिएको छ्याङ्दी हाइड्रोपावको मूल्य १६ रुपैयाँले घट्दा १८ रुपैयाँले घटेर ङादी पावर तेस्रो स्थानमा देखिएको छ ।

यसैगरी चौथो नम्बरमा माउन्टेन इनर्जीले धेरै गुमाएको छ भने पाँचौ नम्बरमा धेरै गुमाउनेमा हिमालयन पावर पार्टनर देखिएको छ । माउन्टेनको ३२ रुपैयाँले घट्दा हिमालयन पावर पार्टनरको १२ रुपैयाँले सेयर मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका बिषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment