+
+

झिमरुक नदीमा आएको बाढीले निर्माणाधीन पक्की पुल भत्कायो

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३ गते १०:२०

३ असार, प्‍युठान । प्युठानको ऐरावती गाउँपालिका-१ र अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं ७ जोड्न झिमरुक नदीको पक्की पुल बाढीले भत्काएको छ ।

रु.सात करोड १३ लाखका लागतमा माझीदमारमा पुल निर्माणाधीन थियो । सडक डिभिजन कार्यालय इन्जिनियर अरुण केसीका अनुसार अमर कन्ट्रक्सन प्राली काठमाडौँले निर्माणको जिम्मा पाएको थियो ।

विसं २०७३ पुसमा सम्झौता भइ गत असार २८ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । सत्तरी मिटर लम्बाइ रहेको पुलको ३५ मिटर स्लाब यसअघि नै सम्पन्न भएको थियो । बाँकी ३५ मिटर लम्बाइको स्लाब ढलान चार दिनअघि सम्पन्न भएको जनाइएको छ ।

‘लठ्ठा प्रविधिको पुल भएकाले ढलान सम्पन्न भएको १४ दिनमा लठ्ठा राखेर तन्काउने चलन हुन्छ, उनले भने, ‘लठ्ठा राख्न तयार भइनसकेको अवस्थामा थियो।’ बाढीले फर्मा बगाउँदा पुल भत्किएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?