+
+
Shares

कांग्रेस बैठकमा देउवा र महेश आचार्यको नोकझोक

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३ गते १९:२२
तस्वीर : विकास श्रेष्ठ

३ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य महेश आचार्यबीच नोकझोक भएको छ ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकमा आचार्यले विपक्षी गठबन्धनमाथि प्रश्न उठाएका थिए । कहिले गठबन्धन त कहिले पूर्वप्रधानमन्त्रीहरुको नाममा संयुक्त वक्तव्य आउने क्रम बढेको भन्दै उनले पार्टीमा छलफल हुनुपर्ने बताए । कतिपय विषयमा पार्टीले आफ्नो धारणा पनि राख्नुपर्ने उनको राय थियो ।

एक केन्द्रीय सदस्यका अनुसार आचार्यले यसो भन्दा सभापति देउवाले प्रतिवाद गरे । गठबन्धन बनाएपछि समान धारणा आउनु स्वभाविक भएको भन्दै उनले भने, ‘गठबन्धन गर्न हुँदैन भन्ने हो भने अदालत जानु अघि नै किन नभनेको ?’

नेता आचार्यले गठबन्धन गर्नु हुन्न भन्ने आफ्नो मत नभएको तर महत्वपूर्ण विषयमा धारणा बनाउनुअघि पार्टीमा छलफल गर्नुपर्ने भन्दै प्रष्ट पार्न खोजे । तर सभापति देउवाले आचार्यलाई सुन्दै नसुनेको एक नेताले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?