+
+
Shares

पहिरोले पुरिएर डोटीमा दुई बालबालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३ गते २०:३१

असार ३, डोटी । डोटीमा पहिरोमा च्यापिएर दुई बालबालिकाको मृत्यु भएको छ ।

दिपायल सिलगढी नगरपालिका वडा नं. ५ चिसापानी नजिकै ब्राखा चराउन गएको बेला ओडारमा बसेका दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका ५ का ७ बर्षीय बालक बिनोद भण्डारी र मामाघरमा गएकी वडा नं. ७ राँतुलीकी ऐश्वर्या बिष्टकी एघार बर्षीया छोरी जेनिषा विष्टको रहेको प्रहरी उपरीक्षक दान बहादुर मल्लले बताए ।

बाख्रा चराउन गएका उनीहरु पानी परेपछि ओत लाग्न ओढारमा बसेको बेला माथिबाट पहिरो खस्दा च्यापिएका थिए ।

च्यापिएको थाहा भएपछि नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियले पहिरो पन्छ्याउदा उनीहरुको शव मृत अवस्थामा भेटिएको थियो ।

बुधबार मात्रै जिल्लाको केआई सिंह गाउपालिकाका ६५ वर्षीय पुरुषको पहिरोमा परि ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?