Comments Add Comment

१४ वर्षको बच्चाले करोडौँको ल्याम्बोर्गिनी कार चोरेपछि…

अमेरिकाको फ्लोरिडामा हालै एउटा अचम्मको घटना भएको छ । १४ वर्षका एक किशोर बच्चाले एउटा घर बाहिर पार्किङ गरिराखेको निकै महँगो मूल्य पर्ने ल्याम्बोर्गिनी उरुस कार चोर्ने प्रयास गरे । उनी कार स्टार्ट गरेर केही परसम्म पुर्‍याए पनि । तर त्यो बच्चालाई कारधनीले स्कुटरमा चढेर पछ्याइरहे र अन्ततः उनलाई पक्रिन सफल भए । कार धनीको नाम क्रिस स्यान्डर थियो ।

अमेरिकामै २ लाख डलर पर्ने स्यान्डरको कार घरबाहिर पार्किङ गरिराखेको अवस्थामा स्टार्ट भएको आवाज सुनेपछि उनले झ्यालबाट बाहिर हेरे । जब आफ्नो कार कसैले स्टार्ट गरेर गुडाउन थालेको उनले देखे तब झसङ्ग भए र तत्कालै स्कुटर चलाएर त्यो कारलाई पछ्याए ।

केहीबेर खेदेपछि उनले त्यो कार एक्कासी रोकियो । जब स्यान्डर कारको अगाडि गए तब कार चोर्ने त्यो किशोरले अलमलमा परेझैँ भयो । उसलाई त्यो कार स्यान्डरको हो भन्ने पत्तो रहेनछ । उसले अनौठो गरेर सोध्न थाल्यो : मैले यो ल्याम्बोर्गिनी कार चोरेको हुँ । तर म सँग लाइसेन्स छैन र चलाउन सक्दिन । म १४ वर्षको भएँ, के गर्ने मलाई थाहा छैन । के गर्ने होला ? बताइदिनुस् न ।

आफ्नो कार चोरी गर्ने मान्छेले आफैसँग त्यस्तो सल्लाह मागेपछि उनी तिनछक भए । उनले आफू नै त्यो कारधनी भएको कुरा उसलाई बताए अनि उसलाई सम्झाउने कोसिस गरे । यत्रतत्र पुलिसले खोजिरहेको हुँदा भाग्नुको साटो तत्काल पुलिससामु गएर आत्मसमर्पण गर्नु उपयुक्त हुने सुझाव पनि आफूले त्यो किशोरलाई दिएको स्यान्डरको भनाइ छ ।

एन्ड्रे क्यालिनिन नामक त्यो किशोरले ग्यारेजमा छिरेर कारको साँचो हात पारेको हुनसक्ने स्यान्डर बताउँछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment