+
+
Shares

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ४ गते १६:१६

४ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठक तीन बजेपछि सुरु भएको हो ।

कांग्रेसको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गर्न बैठक बसेको नेताहरुले बताएका छन् । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी आन्तरिक कार्यतालिका परिमार्जन गरेको छ ।

बिहीबारको बैठकमा महामन्त्री पूर्ण बहादुर खड्काले महाधिवेशको संशोधित कार्यतालिका पेश गरेका थिए । संशोधित कार्यतालिका अनुसार साउन १२ गते वडा अधिवेशन, साउन १६ मा गाउँ/नगर अधिवेशन र साउन २० गते प्रदेश क्षेत्रीय अधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन साउन २३ गते हुने कार्यतालिकामा उल्लेख छ ।

दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते हुने गरी कार्यतालिका संशोधन गरिएको छ । त्यस्तै क्रियाशील सदस्यता टुंग्याउन असार मसान्तसम्मको समय प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?