+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
146/4 (18.3)
VS
Lumbini Lions won by 6 wickets
चितवन राइनोज 2025
142/7 (20)
Shares

स्वास्थ्य सामाग्री खरिद गर्न ७ पालिकालाई ६३ लाख आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ४ गते २०:२६

४ असार, वीरगञ्ज । प्रदेश-२ का तीन जिल्लाका ७ वटा पालिकालाई ६३ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको छ । हेफर इन्टरनेशन नेपालले बारा, महोत्तरी र सर्लाहीका ७ वटा पालिकालाई आपत्कालीन आर्थिक सहायता वितरण गरेको हो ।

कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिद गर्न रकम प्रदान गरिएको हेफर इन्टरनेशनल नेपालका डाक्टर तिर्थराज रेग्मीले जानकारी दिए ।

संस्थाले दिएको रकम पालिकाहरुले अक्सिजन सिलिण्डर, लिक्विड अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, आई.सी.यू., एक्सरे मेशिन लगायतका स्वास्थ्य सामाग्रीहरु खरिद गर्न, आइसोलेशन तथा कोभिड अस्पताल बनाउन, इन्फ्रारेड थर्मोमिटर, पल्स अक्सिमिटर, व्यक्तिगत सुरक्षा सामाग्री पीपीई लगायतका सुरक्षा सामाग्रीहरुको व्यवस्थापन गर्न प्रयोग गर्न सक्ने उनको भनाइ छ ।

जन जागरण युवा क्लब (जेजेवाईसी) बारासँगको सहकार्यमा रकम पालिकाहरुमा हस्तान्तरण गरिएको थियो । सम्बन्धित जिल्लाका सहकारी र जेजेवाईसीका प्रतिनीधि मार्फत असार १ गतेदेखि ४ गतेसम्ममा पालिकाहरुलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको जेजेवाईसी बाराका अध्यक्ष भैयाराम यादवले बताए ।

सृजनशिल सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेड बारा मार्फत महागढीमाई नगरपालिकालाई ८ लाख, पशुपतीनगर सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेड मार्फत महोत्तरीको बर्दिबास नगरपालिकामा १० लाख, जेजेवाईसी मार्फत महोत्तरीकै महोत्तरी गाउँपालिकामा, सर्लाहीको विष्णु गाउँपालिकामा १५-१५ लाख, सर्लाहीको ढुङग्रेखोला सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था मार्फत बागमती नगरपालिकामा, हरिपुर सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था मार्फत सर्लाहीको हरिपुर्वा गाउँपालिका र न्यू उदय सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत लालबन्दी नगरपालिकामा ५÷५ लाख रुपैयाँ हस्तान्तरण गरिएको थियो।

आर्थिक सहायता बुझ्दै पालिकाका प्रमुखहरुले सहयोग रकमलाई कोरोना रोकथाम तथा नियन्त्रणमा नै खर्च गर्ने प्रतिबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?