Comments Add Comment

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको बैठक

६ असार, काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने भन्ने निर्णय भएको छैन ।

स्रोतका अनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका संकट व्यवस्थापन समिति (डीसीसीएमसी) ले पनि निजी सवारीसाधनलाई चल्न दिनुपर्ने सुझाव दिएका छन् । आइतबार बसेको काठमाडौं जिल्लाको डीसीसीएमसीमा सहभागी एक अधिकारीले अनलाइनखबरसँग भने, ‘निजी गाडीलाई खोल्न दिने कुरा भएको छ, मोडालिटीबारे टुंगिएको छैन ।’

डीसीसीएमसीले खाद्यान्न पसलहरु पनि ४ बजेसम्म खोल्न सुझाव दिएको छ । अन्य व्यवसायलाई पनि बारअनुसार सञ्चालन गर्न दिनुपर्ने भनिएको छ ।

तर प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुले गृह मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमस) सँग पनि परामर्श गरेर निर्णय गर्नुपर्ने भएकाले निषेधाज्ञालाई खुकुलो बनाउने मोडालिटीको अन्तिम टुंगो लागिसकेको छैन ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले लगाएको निषेधाज्ञा सोमबारबाट सकिँदैछ । त्यसैले निषेधाज्ञा थपको निर्णय गर्न आइतबार साँझ ५ बजे प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले अनलाइनखबरसँग भने, ‘निषेधाज्ञा थप हुन्छ तर अझै खुकुलो र व्यवस्थित हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment