Comments Add Comment

मौद्रिक नीतिमार्फत राहत दिन रुपन्देहीका उद्योगीको माग

६ असार, बुटवल । मौद्रिक नीतिमा उद्योग क्षेत्रका समस्याहरुलाई सम्बोधन गर्न माग गर्दै रुपन्देही उद्योग संघले नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल राष्ट्र बैंक भैरहवा शाखामार्पmत बुझाइएको ज्ञापनपत्रमा कोभिडको प्रभावले उद्योग क्षेत्र धराशायी बन्दै गएकाले मौद्रिक नीतिमार्पmत राहत प्रदान गर्न माग गरिएको छ ।

निषेधाज्ञा अवधिको ब्याजमा विशेष छुट दिनुपर्ने, कर्जा समयावधि थप गर्नुपर्ने, साँवा किस्ता र ब्याजलाई पूँजीकरण गरी पुनर्ताजकीकरण गरिनुपर्ने, पुनर्कर्जा कोषलाई थप वृद्धि गरी लचिलो कार्यविधि अपनाउनु पर्ने, उत्पादनमूलक उद्योगलाई विशेष प्राथमिकता र ऋण लगानी न्यून ब्याजदरमा गरिनुपर्ने माग गरेको संघका अध्यक्ष बाबुराम बोहराले बताए ।

यस्तै बैंकहरुले लिने सेवा शुल्कमा थप सहुलियत दिनुपर्ने र उद्योगहरु बचाइराख्न उद्योगमैत्री मौद्रिक नीति अवलम्बन गर्नुपर्ने सुझावसहितको ज्ञापनपत्र बुझाइएको बोहराले बताए ।

ज्ञापनपत्र बुझेपछि नेपाल राष्ट्र बैंक भैरहवा शाखाका निमित्त प्रमुख एवं उपनिर्देशक खगराज सापकोटाले संस्थाले पेश गरेका सुझावहरु गभर्नर महाप्रसाद अधिकारीलाई पठाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment