+

कोपा अमेरिका : भेनेजुएला र इक्वेडरले खेले बराबरी

२०७८ असार  ७ गते ८:०३ २०७८ असार ७ गते ८:०३
कोपा अमेरिका : भेनेजुएला र इक्वेडरले खेले बराबरी

७ असार, काठमाडौं । कोपा अन्तर्गत समूह बी को खेलमा भेनेजुएला र इक्वेडरले बराबरी खेलेका छन् । सोमबार बिहान सम्पन्न खेलमा यी दुई टोलीले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

इस्टाडिओ ओलम्पिको निल्टन सान्तोसमा भएको खेलमा इक्वेडरले दुई पटक अग्रता लिएपनि कायम राख्न सकेन । भेनेजुएलाले पुनरागमन गर्दै अंक खोस्यो ।

३९औँ मिनेटमा एडुअर प्रेसेडिओले गोल गर्दै इक्वेडरलाई अग्रता दिलाएका थिए । तर ५१औँ मिनेटमा एडसन कास्टिलोले भेनेजुएलाका लागि बराबरी गोल गरे।

यस्तै गोन्जालो प्लाटोले ७१औँ मिनेटमा गोल गर्दै इक्वेडरलाई फेरि अग्रता दिलाए । तर इन्जुरी टाइममा कास्टिलाको पासमा आर हर्नान्डेजले गोल गर्दै भेनेजुएलाको हार टारे ।

दोस्रो बराबरीपछि भेनेजुएलाले ३ खेलबाट २ अंक जोडेको छ र चौथो स्थानमा छ । एक खेलबाट १ अंक रहेको इक्वेडर पाँचौ स्थानमा छ।

इक्वेडर भेनेजुएला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय