Comments Add Comment

हुम्लामा पहिरोका कारण २४ घरपरिवार विस्थापित

७ असार, सिमकोट । अविरल वर्षासँगै हुम्ला सदरमुकाम सिमकोटलगायत विभिन्न ठाउँमा गएको पहिरोले २४ घरमा क्षति पुर्‍याएको छ ।

सिमकोट, खार्पुनाथ, सर्केगार्ड र ताँजाकोट गाउँपालिकाका २४ घरमा पहिरोले क्षति पुर्‍याएको प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले जानकारी दिए । भत्किएका घरका ७० कोठामा पूर्ण रुपमा क्षति पुगेको छ । पाँच घर भत्केर कामै नलाग्ने अवस्थामा रहेको उनले बताए ।

पहिरोले आफ्नो घरमा पूर्ण रुपमा क्षति गरेको सिमकोट गाउँपालिका–३ का याङ्सो लामाले बताए । घर भत्केपछि छिमेकीको घरमा बस्दै आएको उनको भनाइ छ ।

पहिरोले घर भत्काएपछि प्रभावित घरपरिवार छिमेकीको घर र त्रिपालमा बसिरहेको प्रहरीले जनाएको छ । पहिरो प्रभावित क्षेत्र प्रहरी चौकीभन्दा टाढा रहेकाले मुचुल्का तयार गरी क्षतिको क्षतिको विवरण आउन बाँकी छ ।

पहिरो प्रभावितहरुका लागि राहतको व्यवस्था समेत हुन सकेको छैन । लगातार वर्षा भइरहेका कारण सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment