Comments Add Comment

७१ अंकले नेप्से घट्दा नारायणी डेभलपमेन्ट बैंकमा भने आकर्षण

७ असार, काठमाडौं । साताको पहिलो दिन उच्च अंकले घटेको सेयर कारोबार कारोबार मापक नेप्से परिसूचक दोस्रो दिन पनि उच्च अंकले गिरावट आएको छ । ७१ दशमलव ०६ अंकले घटेर २ हजार ८ सय ३४ दशमलव ४० अंकमा झरेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८ दशमलव ३७ अंकले घटेर ५२० दशमलव १८ अंकमा झरेको छ । कारोबार रकम भने करिब १२ अर्ब पुगेको छ ।

१ लाख ३० हजार ३९७ कारोबारबाट २२७ कम्पनीको २ करोड ३० लाख ११ हजार ८२० कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार ६ सय ४ रुपैयाँ पुगेको छ ।

आज धेरै गुमाउनेमा फाइनान्स कम्पनी र दोस्रोमा जलविद्युत् कम्पनीहरु देखिएका छन् । विकास बैंक समूह ४ दशमलव ६ प्रतिशतले गिरावट आउँदा सबैभन्दा धेरै कमाउनेमा नारायणी डेभलपमेन्ट बैंक देखिएको छ ।

जबारमा ७१ अंकको पहिरो जादा पनि नारायणीको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ । यो बैंक समस्याग्रस्त सूचीमा परेर पनि राष्ट्र बैंकले फुकुवा गरेको बैंक हो ।

समस्याग्रस्तबाट फुकुवा भएपछि यस बैंकले १ बराबर २ अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी गरेको थियो । तर राष्ट्र बैंकले १ बराबर १ अनुपातमा मात्रै हकप्रद जारी गर्न स्वीकृति दिएको छ ।

बैंकले १ बराबर १ अनुपातमा हकप्रद जारी गर्न धितोपत्र बोर्डमा अनुमति माग गर्दै निवेदन दिएको छ । हकप्रदको कारण पनि यस बैंकको सेयर मूल्य वृद्धि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment