+

क्रिकेटको बन्द प्रशिक्षणमा रहने खेलाडी र अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ

२०७८ असार  ८ गते ९:३३ २०७८ असार ८ गते ९:३३
क्रिकेटको बन्द प्रशिक्षणमा रहने खेलाडी र अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ

८ असार, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी र अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

नेपाल क्रिकेट संघ क्यानले स्पेनमा हुने त्रिकोणात्मक सिरिजको लागि मंगलबारदेखि प्रशिक्षण सुरु गर्दैछ । त्यसका लागि सोमबार प्रशिक्षणमा रहने १९ खेलाडी र ३ अफिसियलको कोरोना परिक्षण गरिएकोमा सबेको रिपोर्ट नेगेटिभ आएको क्यानले जनाएको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि

नेपाली टिमको बन्द प्रशिक्षण बन्द प्रशिक्षण हुन लागेको हो ।

जुलाईमा स्पेनमा हुने सिरिजका लागि क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको छ । तर, पृथु बास्कोटा भने व्यक्तिगत कारण देखाएर प्रशिक्षणमा सहभागी नहुने भएको क्यानले जनाएको छ ।

लिग२ अन्तर्गत नेपालले यसअघि २०२० फ्ब्रुअरीमा घरेलु मैदानमा ओमान र अमेरिकासँग सिरिज खेलेको थियो ।

नेपाल ४ खेलमा ४ अंक जोडेको छ नेपाल छैटौं स्थानमा छ ।

क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय